.png&w=1000&height=550)
झापा । नेपालमा क्रिकेट खेलको लोकप्रियतासँगै खेलकुदको माध्यमबाट बालबालिकाहरू अनुशासन, नेतृत्व क्षमता, टिमवर्क तथा स्वस्थ जीवनशैलीको विकास गर्ने उद्देश्यले यू-१३ ग्रासरूट इन्डो-नेपाल क्रिकेट प्रतियोगिता हुने भएको छ ।
झापाको अर्जुनधारा नगरपालिकामा हुने प्रतियोगितामा नेपालका ८ र भारतका २ गरी १० टोली प्रतियोगितामा सहभागी हुनेछन् । विजेताले नगद १ लाख र उपविजेताले ५० हजार रूपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।
राउन्ड रोबिनका आधारमा खेलिने प्रतियोगित चैत २७ गतेदेखि बैशाख ८ गतेसम्म सञ्चालन हुनेछ ।