.png&w=1000&height=550)
सल्यान । जिल्ला प्रशासन कार्यालय सल्यानको मुद्दा शाखामा कार्यरत एक कर्मचारीमाथि सर्वसाधारणलाई दुःख दिएको र मुद्दा मिलाउने क्रममा पैसा लिएको आरोप लागेको छ ।
केहीदिनअघि जेन-जी सल्यानका संयोजक युवराज खड्काले प्रशासनको मुद्दा शाखामा कार्यरत सुब्बा निरज परियारलगायत केही व्यक्तिले मुद्दा मिलाइदिने तथा छिटो टुंग्याइदिने भन्दै पैसा लिएको आरोप लगाएका हुन् । आरोप सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि आरोप लगाउने र आरोपित दुवै पक्षमाथि छानबिन सुरू गरिएको छ ।
संयोजक खड्काले जिल्ला प्रशासन कार्यालय सल्यानभित्र खुलेआम ठगी भइरहेको दाबी सामाजिक सञ्जालमार्फत गर्नभएको थियो । यता प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले सामाजिक सञ्जालमा आएका विषयबारे अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ । उहाँले सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कानुनी कारवाही गरिने बताउनुभयो ।
यस्तै कसैले प्रमाणबिना व्यक्तिगत आरोप लगाएमा त्यस्तो कार्य पनि कानुनअनुसार कारबाहीको विषय बन्ने उहाँको भनाइ छ ।