पीएम कप : सुदूरमाथि एपीएफकाे जित

चैत्र २३, २०८२ |खेल ब्युरो
पीएम कप : सुदूरमाथि एपीएफकाे जित

काठमाडौं । पीएम कपकै आर्को खेलमा नेपाल एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई ४५ रनले पराजित गरेको छ । 

जारी प्रतियोगितामा एपीएफको यो तेस्रो जित हो भने हरपछि सुदूरपश्चिम तालिकाको दोस्रो स्थानमा झरको छ । जनकपुरको रामजानकी बहुउदेश्यीय रंगसालामा सुदुरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ५९ रनको योगफल तयार पारेको थियो ।

एपीएफका लागि ओपनर दीपक बोहोराले ४६ रन बनाए । सन्दीप जोराले ५५ रनको अर्धशतकीय योगदान दिए । लोकेश बमले ४७ र सुमित महर्जनले ४१ रन बनाए । सुदूरपश्चिमका लागि शेर मल्लले ३ विकेट लिए। विकास अग्री र अशोक धामीले समान २-२ विकेट हात पारे ।

२ सय ६० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४६ ओभर ३ बलमा २ सय १४ रनमा अलआउट भयो । ओपनर अविषेक पलले ४४, दिपक बोहोराले २४ र मिलन बोहोराले २३ रन जोडे । अशोक धामीले अर्धशतक पूरा गरे । अशोकले ४३ बलमा ५० रनको इनिङ्स खेलेका हुन् । एपीएफका युवराज खत्रीले ५ विकेट लिए ।

पीएम कपमा सुदूरपश्चिमको यो दोस्रो हार हो । ७ खेलमा ५ जितसहित १० अंक जोडेको सुदूर अंकमा तालिकाको दोस्रो स्थानमा छ । एपीएफ ७ अंकसहित तालिकाको छैटौं स्थानमा छ ।