गृहमन्त्रीद्वारा जेन-जी शहीदको सम्झनामा दीप प्रज्वलन

चैत्र २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
गृहमन्त्रीद्वारा जेन-जी शहीदको सम्झनामा दीप प्रज्वलन

काठमाडौं । गत भदौ अन्तिम साताको जेन-जी पुस्ताको आन्दोलनका शहीदहरूको सम्झनामा दीप प्रज्वलन गरिएको छ ।

सोमबार काठमाडौंको नयाँ बानेश्वरस्थित पुरानो संसद भवन अगाडि दीप प्रज्वलन गरिएको हो । दीप प्रज्वलन कार्यक्रमा गृहमन्त्री सुधन गुरूङ समेत पुग्नुभएको थियो । २३ र २४ भदौमा भएको जेन-जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई सरकारले शहीद घोषणा गरेको थियो । 

जेन-जी आन्दोलनका क्रममा मारिएका ७६ जनामध्ये ४१ जनालाई अन्य सूचीमा राख्दै मृत्युको कारणमा प्रश्न उठाएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.