त्रिभुवन आर्मी पीएम कपको शीर्षस्थानमा

चैत्र २३, २०८२ |खेल ब्युरो
त्रिभुवन आर्मी पीएम कपको शीर्षस्थानमा

काठमाडौं । अर्जुन साउदले सानदार शतकिय इनिङ्स खेलेपछि कर्णाली प्रदेशलाई १ सय ३८ रनको फराकिलो अन्तरमा हराउँदै त्रिभुवन आर्मी क्लब पीएम कपको शीर्षस्थानमा उक्लिएको छ ।

नारायणी क्रिेकट मैदलानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ४८ ओभरमा सबै विकेट गुमाएर २ सय ६८ रन बनाएको थियो । खराब सुरूवात गरेको आर्मीका ओपनर तृतराज दास डक आउट भए । अर्का ओपनर तथा कप्तान विनोद भण्डारी ९, कुशल मल्ल १ र भीम सार्की ६ रनमा आउट भएपछि आर्मीले मात्र ३८ रन जोड्दा शीर्ष ४ ब्याटर गुमाइसकेको थियो । 

अर्जुन साउद र बसिर अहमदले पाँचौं विकेटको लागि ९९ रनको साझेदारी गरे । बसिर ४५ रन जोडेर आउट भए । सन्तोष कार्कीले २९ रन बनाए । अर्जुनलले १ सय २१ रनको शतकीय इनिङ्स खेले । कर्णालीका दिनेश खरेलले ४ तथा प्रकाश जैसीले ३ विकेट लिए ।

२ सय ६९ रनको लक्ष्य पछाएको कर्णाली ४२ ओभर १ बलमा १ सय ३० रनमा समेटियो । अर्जुन घर्तीले ३२ ,सुनिल धमलाले ११ र दीपेन्द्र रावतले २५ रन रन बनाए । विपिन शाहीले सर्वाधिक ४० रनको योगदान दिए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

आर्मीका साहब अलाम र बसिर अहमदले समान ३-३ विकेट लिए । यससँगै अपराजित आर्मी ६ खेलमा ५ जितसहित ११ अंक जोडेर तालिकाको शीर्षस्थानमा उक्लिएको छ । ७ खेलमा ३ अंकसहित कर्णाली अंक तालिकाको नवौं स्थानमा छ ।