
काभ्रेपलाञ्चोक । मौसममा सुधार आएसँगै बीपी राजमार्गमा सवारी साधनहरूको आवागमन पुनः सुचारू गरिएको छ।
यसअघि अविरल वर्षाका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै काभ्रेभन्ज्याङ-मङ्गलटार सडक खण्डमा सवारी आवागमन ‘होल्ड’ गरिएको थियो। मौसममा क्रमिक सुधार आएपछि सडकको अवस्था सामान्य बन्दै गएको भन्दै प्रशासनले आवागमन खुला गरेको हो।
सुरक्षा निकायले यात्रु तथा सवारी साधनलाई सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ। वर्षाका कारण केही स्थानमा सडक चिप्लो तथा जोखिमपूर्ण हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ। प्रशासनले मौसमको अवस्था तथा सडकको स्थितिबारे जानकारी लिँदै सुरक्षित यात्रा गर्न सबैमा अपील गरेको छ।