
काठमाडौं । सामाजिक सञ्जालमा चरित्र हत्या गरिएको भन्दै अमिशा पराजुलीसहितका युवाहरूले भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोध कार्यक्रममा सहभागी भएकी पराजुलीमाथि अमानवीय रूपमा गालीगलौज तथा बलात्कारको धम्कीसमेत आएपछि साइबर ब्यूरोमा उहाँलगायतका युवाले उजुरी दिएका हुन् ।
परजुलीले आफ्नो भिडियोको दुरूपयोग गर्ने, गालीगलौज गर्ने तथा बलात्कारको धम्की दिनै सबैमाथि एकमुष्ट उजुरी दिएको बताउनु भयो । सामाजिक सञ्जालबाट गालीगलौज तथा बलात्कारको धम्की आएको उहाँको भनाइ छ । आफूले केही गलत नगरेको र केही पनि गलत कुरा नबोलेको भए पनि आफूमाथि नकारात्मक प्रतिक्रिया दिइएको उहाँको आरोप छ ।
अमिशाले ओलीको पक्राउलाई असंवैधानिक भन्दै अभिव्यक्ति दिनुएभएको थियो । त्यसलगत्तै उहाँमाथि गालीगलौज तथा साइबर बुलिङ भइरहेको छ ।