पूर्वगृहमन्त्री रमेश लेखकको बयान सुरू

चैत्र १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
पूर्वगृहमन्त्री रमेश लेखकको बयान सुरू

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकको बयान सुरू भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयमा लेखकको बयान सुरू भएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी रमेश थापाले बताउनुभयाे । २३ र २४ भदौको जेन-जी आन्दोलनबारे जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन कार्यान्वयनका लागि भन्दै प्रहरीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री लेखकलाई पक्राउ गरेको थियो ।

ओलीको बयान सुरू भएको छैन । उनलाई सोध्नुपर्ने विषयहरूमा प्रश्न तयार गर्ने क्रम चलिरहेको अनुसन्धान अधिकृतहरूको भनाइ छ । प्रहरीले मंगलबार काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई समेत पक्राउ गरेको थियो । तर, बेलुकी नै हाजिर जमानतमा छाडिसकेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.