
काठमाडौं । गृहमन्त्री सुधन गुरूङले जिल्ला प्रहरी परिसर काठमाडौंको अनुगमन गर्नुभएको छ ।
मन्त्री गुरूङले बुधबार जिल्ला प्रहरी परिसर भद्रकाली पुगेर स्थलगत अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा उहाँले नागरिकमैत्री, स्वच्छ र पारदर्शी भएर सेवा प्रदान गर्न प्रहरीलाई निर्देशन दिनुभयो ।
उहाँले प्रहरीलाई आवश्यक सहयोग सरकारले गर्ने प्रतिबद्धता पनि जनाउनु भयो । गृहमन्त्री गुरूङलाई परिसरबाट भइरहेको काम कारबाहीका बारेमा परिसर प्रमुख एसएसपी रमेश थापाले जानकारी गराउनुभएको थियो ।