
चितवन । मर्मत सम्भारका लागि मुग्लिन-नागढुङ्गा सडक खण्ड रातिको समयमा बन्द हुने भएको छ ।
मंगलबारदेखि तीन दिन राति १० बजेदेखि बिहान ४ बजेसम्म मुग्लिन-नागढुङ्गा सडक खण्डमा अत्यावश्यक बाहेकका सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिनुभयाे ।
चितवनको इच्छाकामना गाउँपालिका-४ घोप्टेभीर लगायतका स्थानमा सडक स्तरोन्नति गर्ने काम भइरहँदा यात्रुले दु:ख पाएको भन्दै रातिको समयमा सडक बन्द गरेरै निर्माणका काम गर्न लागिएको शर्माले बताउनुभयाे ।