ओली र लेखककाे रिहाइकाे माग गर्दै एमाले मकवानपुरले बुझायाे ज्ञापनपत्र

चैत्र १५, २०८२ |बालकृष्ण अधिकारी
ओली र लेखककाे रिहाइकाे माग गर्दै एमाले मकवानपुरले बुझायाे ज्ञापनपत्र
हेटाैंडा । एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई तत्काल रिहाइको माग गर्दै नेकपा (एमाले) जिल्ला कमिटी मकवानपुरले आइतबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । 

प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई एमाले मकवानपुरका कार्यवाहक अध्यक्ष हिदम लामाले ज्ञापनपत्र बुझाउनुभएको हो । एमाले मकवानपुर पार्टी कार्यालयबाट विरोध र्‍यालीसहित नेता कार्यकर्ता ज्ञापनपत्र बुझाउन जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।


Image

बालकृष्ण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका मकवानपुर संवाददाता हुन् ।