पोखरामा जलाइयाे जाँचबुझ आयोगको प्रतिवेदन

चैत्र १४, २०८२ |भुपाल गुरुङ
पोखरामा जलाइयाे जाँचबुझ आयोगको प्रतिवेदन

कास्की । नेकपा (एमाले)ले पोखरामा जेन-जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन जलाएका छन् ।

शनिबार बिहान पक्राउ पर्नुभएका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको रिहाइको माग गर्दै विरोध प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ताले पृथ्वीचोकमा जाँचबुझ आयोगको प्रतिवेदन जलाएका हुन् । 

उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा मागेका छन् । प्रर्दशनमा अध्यक्ष ओलीलाई विना सर्त रिहाइ गर, देश जलाउनेलाई कारबाही गर, प्रतिशोध साँध्न पाइँदैन, कार्की आयोगको प्रतिवेदन मान्दैनौँ जस्ता नारा लगाएका थिए । 

एमाले कास्कीको कार्यालय शान्तीवनबाट सुरु भएको प्रदर्शन नयाँबजार हुँदै पृथ्वीचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । एमाले कास्कीले आइतबार पनि प्रदर्शन गर्ने जनाएको छ ।


Image

भुपाल गुरुङ

गुरुङ कान्तिपुर टेलिभिजनका कास्की संवाददाता हुन् ।