मुस्ताङ एयरको हेलिकप्टर सकुशल भेटियाे

चैत्र १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
मुस्ताङ एयरको हेलिकप्टर सकुशल भेटियाे

काठमाडौं । लप्ची क्षेत्रमा सम्पर्क विहिन बनेको मुस्ताङ एयरको हेलिकप्टर लप्चीको सकुशल भेटिएको छ।

काठमाडौंबाट जलविद्युत आयोजनाका कर्मचारी लिएर गएको मुस्ताङ एयरको हेलिकप्टर चरिकोटको मौषम खराब भएपछि लप्ची गुम्बा नजिकैको चौरमा आकस्मिक अवतरण गरिएको अवस्थामा हेलिकप्टर भेटिएको दोलखाका प्रहरी नायव उपरिक्षक मनोजकुमार लामाले जानकारी दिनुभयो। 

सिधैं लप्ची क्षेत्र गएको हेलिकप्टर निर्माणाधिन ५१ मेगावाटको माथिल्लो लप्ची जलविद्युत आयोजनाको पावरहाउस क्षेत्र हुर्कुम भन्ने स्थानमा अवतरण भएको हो। उक्त क्षेत्रमा खाना खाएपछि खराब मौषम सुरू हुनै लाग्दा त्यहाँबाट उडेको हेलिकप्टर तत्काल सम्पर्कविहिन बनेको थियो।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.