फिफा र एएफसीको समन्वयमा नै निर्वाचन स्थगित गरेकाे एन्फाकाे भनाइ

चैत्र १३, २०८२ |खेल ब्युरो
फिफा र एएफसीको समन्वयमा नै निर्वाचन स्थगित गरेकाे एन्फाकाे भनाइ

काठमाडौं । अखिल नेपाल फुटबल संघ-एन्फाले विश्व फुटबलको सर्वोच्च निकाय फिफा र एएफसीको समन्वयमा नै आफ्नो निर्वाचन स्थगित गरेको बताएको छ। 

एन्फाले शुक्रबार बिहान साधारण सभामा उपस्थित प्रतिनिधिलाई सम्बोधन गरेर एन्फमा अब फिफा र एएफसीबाट पनि निलम्बन हुने बाटोमा गएको बताएका हुन् । दुई दिनअघि राष्ट्रिय खेलकुद परिषदकाे निलम्बनमा परेको एन्फाले फिफा र एएफसीको सहमतिमा अर्ली इलेक्सन तेस्रो पटक स्थगित गरेको हो । 

शुक्रबार झापाको मेची क्राउन्स होटलमा सम्मेलनको आयोजन गरेको थियो । पहिलो पक्ष फिफा, दोस्रो पक्ष एन्फा र तेस्रो पक्ष नेपाल सरकार हो । तेस्रो पक्षको हस्तक्षेप भएको फिफाले बुझेको एन्फाको दाबी छ। नेपाली फुटबल विकासको लागि सबै पक्ष मिल्नुको विकल्प नभएको अध्यक्ष पंकजविक्रम नेम्वाङको भनाइ छ ।

सरकारी निर्णय पालन गरेको एन्फा महासचिव किरण राईले बताएका छन् । दुई तिहाइ सदस्यको उपस्थित रहेको अवस्थामा साधारणसभा स्थगित गरिएको जनाउँदै भेलामा परिणत भएको दाबी एन्फाको रहेको छ ।