चुर्लिङ खोलाको पुल निर्माणमा ढिलाइ, स्थानीय बासिन्दा प्रभावित

चैत्र ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
चुर्लिङ खोलाको पुल निर्माणमा ढिलाइ, स्थानीय बासिन्दा प्रभावित

हेटौंडा । पश्चिम मकवानपुरको राक्सीराङ गाउँपालिका-३ को पलाँसे र मैनटार जोड्ने चुर्लिङ खोलाको पुल निर्माणमा ढिलाइ भएको छ । 

८० मीटर लम्बाइको पुल निर्माणका लागि डिभीजन सडक कार्यालय हेटौंडाले २०७७ माघ २८ मा निर्माण कम्पनीसँग सम्झौता गरेअनुसार २०७९ माघ १६ मा निर्माण सक्नुपर्ने भए पनि काममा ढिलाइ भएको हो । ६ करोड ४८ लाख रूपैयाँको लागतमा निर्माण कार्य सुरू गरिएको पुल निर्माण कार्यमा ढिलासुस्ती हुँदा राक्सीराङ गाउँपालिकाको वडा नम्बर १, २ र ३ का विपन्न चेपाङ र तामाङ समुदाय समस्यामा परेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.