मोरङका पाँच कृषि फार्ममा बर्ड फ्लू पुष्टि

चैत्र ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
मोरङका पाँच कृषि फार्ममा बर्ड फ्लू पुष्टि

मोरङ । मोरङका विभिन्न पालिकाभित्र रहेका पाँचवटा कृषि फार्ममा बर्ड फ्लू भेटिएको छ ।

विराटनगर महानगरपालिका वडा नम्बर चारमा बोधराज दाहालले सञ्चालन गरेको कृषि फर्ममा बर्ड फ्लू भेट्टएिको हो । उहाँले सञ्चालन गरेको दुईवटा फर्म मध्ये आइतबार एउटामा तीनहजार कुखुरा मरेका थिए भने अर्को फर्ममा रहेका तीनहजार मध्ये आधाभन्दा बढी कुखुरा मरेका छन् । 

यस्तै कटहरी गाउपालिका वडा नम्बर दुईमा रहेको असोक राजवंशीले सञ्चालन गरेको कृषि फार्ममा पनि बर्ड फ्लू पुष्टि भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.