
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ थुम्कीस्थित निर्माणाधीन रवि-राँके-भेडेटार सडक खण्डमा पहिरो खस्दा अवरूद्ध भएको सडक पुनः सुचारू गरिएको छ।
शनिबार अपराह्न अविरल वर्षापछि सडक माथिबाट पहिरो खस्दा उक्त सडक दुबै तर्फबाट पूर्णरूपमा अवरूद्ध भएको थियो। प्रहरीले जेसीभीको सहयोगमा अवरूद्ध सडक सुचारू गरेको हो। सडक पुनः सञ्चालनमा आए पनि जुनसुकै बेला फेरी सडक अवरूद्ध हुन सक्ने सम्भावना छ ।
उक्त स्थानमा कालोपत्रे गर्न भारतको एप्कोइन्फ्राटेक निर्माण कम्पनीले सडक विस्तार गर्दैछ । यहाँ भीर काटेर सडक फराकिलो पार्नेक्रम चलिरहेको छ। सडक विस्तारका क्रममा ढुंगा माटो, रूख झरिरहने अवस्था छ। यो ठाउँमा अझै पनि पहिरो खस्ने क्रम जारी रहेकाले उक्त सडक खण्डमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ।