आज पनि केही स्थानमा पानी पार्ने प्रणालीको प्रभाव, तीन प्रदेशमा वर्षा र चट्याङको पूर्वानुमान

चैत्र ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
आज पनि केही स्थानमा पानी पार्ने प्रणालीको प्रभाव, तीन प्रदेशमा वर्षा र चट्याङको पूर्वानुमान

काठमाडौँ । अहिले देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो प्रणालीकै कारण कोशी र मधेस प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपात भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । देशका पहाडी र हिमाली भूभागका केही स्थान तथा कोशी तथा लुम्बिनी प्रदेशका तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति भने हिमाली र पहाडी भूभागमा बादल लागिरहने र तराईमा मौसम सफा हुने महाशाखाको पूर्वानुमान छ । राति कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

यो प्रिमनसुनको अवधि भएकाले सतर्कता भने अपनाइराख्न महाशाखाले अनुरोध गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.