विश्वको वस्तु व्यापार वृद्धिदर १.९ प्रतिशतमा खुम्चने डब्ल्यूटीओको प्रक्षेपण

चैत्र ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
विश्वको वस्तु व्यापार वृद्धिदर १.९ प्रतिशतमा खुम्चने डब्ल्यूटीओको प्रक्षेपण

काठमाडौँ । विश्व व्यापार संगठन (डब्ल्यूटीओ)ले सन् २०२६ मा विश्वको वस्तु व्यापार वृद्धिदर १ दशमलब ९ प्रतिशतमा खुम्चने प्रक्षेपण गरेको छ । डब्ल्यूटीओले सार्वजनिक गरेको ‘ग्लोबल ट्रेड आउटलुक एन्ड स्टाटिक्स’ले सन् २०२५ मा ४ दशमलब ६ प्रतिशत रहेको व्यापार वृद्धिदर यो वर्ष खस्किने उल्लेख गरेको हो ।

डब्ल्युटीओको यो प्रक्षेपण ऊर्जाको मूल्यमा आउने उतारचढावबाहेकको सूचकमा आधारित छ । पश्चिम एसियाको तनावका कारण इन्धन तथा ऊर्जाको मूल्य बढेमा र विश्वव्यापी यातायातमा लामो समय अवरोध रहेमा यो प्रक्षेपित अंक अझै कम हुनसक्ने सार्वजनिक प्रतिवेदनमा भनिएको छ ।

यद्यपि आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी उत्पादनहरूको वृद्धि र नयाँ भन्सार शुल्कबाट बच्न पहिले नै गरिएका आयातका कारण भने व्यापार सामान्य अवस्थामा फर्कन पनि सक्ने उल्लेख छ । सन् २०२७ मा भने विश्व वस्तु व्यापारको परिमाण २ दशमलब ६ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.