समानुपातिकतर्फ निर्वाचित सांसदहरूको अन्तिम नामावली सार्वजनिक

चैत्र २, २०८२ |कान्तिपुर टीभी संवाददाता
समानुपातिकतर्फ निर्वाचित सांसदहरूको अन्तिम नामावली सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा समानुपातिकतर्फ निर्वाचित भएका सांसदहरूको अन्तिम नामावली सार्वजनिक गरेको छ।

आयोगले गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको निर्वाचनमा दलहरूले प्राप्त गरेको मतका आधारमा निर्वाचित उम्मेदवारको घोषणा गरेको हो । आयोगले निर्वाचित सांसदहरूलाई बिहीबारभित्र नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचय पत्र र २ प्रति पासपोर्ट साइजको फोटोसहित सम्पर्क गर्न अनुरोध गरेको छ। 

समानुपातिकतर्फका निर्वाचित सांसदहरूलाई फागुन ५ गते प्रमाणपत्र वितरण गरिने भन्दै आयोगले उपस्थित हुन आग्रह गरेको छ। आयोगले सांसदहरूलाई प्रमाणपत्र वितरणगरेलगत्तै सोही दिन अपरान्ह राष्ट्रपतिसमक्ष प्रतिनिधि सभा निर्वाचनको प्रतिवेदन बुझाउने कार्यक्रम रहेको प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताउनुभयो । 

आयोगले राष्ट्रपतिलाई प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीलाई बाटो खुल्नेछ । रास्वपाले पार्टी संसदीय दलको नेता चयन गरेको जानकारीसहित प्रधानमन्त्रीको नाम राष्ट्रपतिसमक्ष बुझाएसँगै राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा १ बमोजिम प्रधानमन्त्री नियुक्त गर्नेुहुनेछ । 

रास्वपाले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १ सय २५ र समानुपातिकमा ५७ गरि १ सय ८२ सिट जितेको छ भने उसलाई दुई तिहाइ संख्याका लागि २ सिट अपुग छ । संसदमा दुई तिहाइ संख्याका लागि १ सय ८४ सिट चाहिन्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.