
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारमा बेवारिसे अवस्थाका एक मानिस आइतबार मृत फेला परेको छ ।
जडिबुटीसहितको झोला साथमा रहेको अपरिचित मानिस मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बेल्टार बजारको बसपार्कस्थित सार्वजनिक विश्रामघरमा मृत अवस्थामा फेला परेको हो । स्थानीयले मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको थियाे ।
मृतकको आफन्त र चिनजानका मानिसको खोजी भइरहेको र मृतकलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर लगिएको इलाका प्रहरी कार्यालय बेल्टारका इन्चार्ज प्रहरी नीरिक्षक प्रभात लक्सम लिम्बुले जानकारी बताउनुभयाे ।