जोत्न हिँडेको ट्रयाक्टर पल्टिँदा चालकको मृत्यु

चैत्र १, २०८२ |भोटराज राई
जोत्न हिँडेको ट्रयाक्टर पल्टिँदा चालकको मृत्यु

उदयपुर । उदयपुरको बेलका नगरपालिका-२ गिदेरीखोला भन्ने ठाउँमा खेत जोत्न जाँदै गरेको ट्रयाक्टर पल्टेर आइतबार दुर्घटना हुँदा चालकको मुत्यु भएको छ ।

प्रदेश–१–०४–००१ त १३३२ नम्बरको ट्रयाक्टर गिदेरीखोलाको उकालो निस्कने क्रममा पल्टिएर दुर्घटना हुँदा बेनपा-२ का सोकिन्दर चन्द्रवंशीको मृत्यु भएको हो । एक्कासी पल्टिएको ट्रयाक्टरले किच्न पुगेपछि चन्द्रवंशीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रयाक्टरमा खेत खन्ने रोटाबेटर जडान गरिएको थियो ।

मृतकको शव पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जनाइएको छ । 


Image

भोटराज राई

राई कान्तिपुर टीभीका उदयपुर संवाददाता हुन् ।