सुनसरीमा समानुपातिकतर्फ रास्वपा पहिलाे

फाल्गुन २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
सुनसरीमा समानुपातिकतर्फ रास्वपा पहिलाे

सुनसरी । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सुनसरीमा खसेको समानुपातिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपा पहिलो भएको छ । 

चारवटै निर्वाचन क्षेत्रको मत जोड्दा रास्वपाले सबैभन्दा धेरै मत प्राप्त गरेको हो । रास्वपाले सुनसरीका चार निर्वाचन क्षेत्रबाट कूल १ लाख ७८ हजार ३ सय ३३ मत प्राप्त गरेको छ । समानुपातिकतर्फ दोस्रो स्थानमा रहँदै कांग्रेसले ५२ हजार ३ सय ८३ मत ल्याएको छ । 

त्यसैगरी एमालेले ३५ हजार ८ सय ९२ मत प्राप्त गरेको छ भने श्रम संस्कृति पार्टीले ४५ हजार ६ सय ९४ मत पाएको छ । पाँच लाख ८० हजार ९ सय ४५ मतदाता रहेको सुनसरीमा तीन लाख ६९ हजार ६०० मत खसेको थियो । बाजुरामा भने समानुपातिकतर्फ नेपाली कांग्रेस पहिलो बनेको छ । 

बाजुरामा ८९ हजार ३ सय ४४ मतदाता रहेकोमा ४५ हजार ६ सय ६९ मत खसेको थियो। समानुपातिकतर्फ कांग्रेसले १६ हजार ७ सय ४६ मत पाएको छ भने एमालेले १५ हजार ८ सय ९७ मत प्राप्त गरेको छ । तेस्रो दल बनेको रास्वपाले ६ हजार ८सय २० मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.