
संखुवासभा । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अपेक्षित परिणाम ल्याउन नसकेको भन्दै नेपाली कांग्रेस संखुवासभा जिल्ला कार्यसमितिका उपसभापति रामकुमार जिमीले पदबाट राजीनामा दिनुभएको छ।
मंगलबार कार्यवाहक जिल्ला सभापतिलाई सम्बोधन गर्दै जिमीले पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो । उहाँले विशेषगरी मादी नगरपालिका तथा आफ्नै मतदान केन्द्रमा पार्टीका उम्मेदवारले अपेक्षित मत प्राप्त गर्न नसकेको अवस्थालाई नैतिक जिम्मेवारीका रूपमा स्वीकार गर्दै पद त्यागेको बताउनुभएको छ।