समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, १ करोड ५ लाख मत गन्दा रास्वपा एक्लैलाई ५० लाख

फाल्गुन २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, १ करोड ५ लाख मत गन्दा रास्वपा एक्लैलाई ५० लाख

काठमाडौं । प्रत्यक्षतर्फ बहुमततर्फ अगाडि बढेको राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपा समानुपातिकमा समेत निकै अगाडि छ । 

अहिलेसम्म एक करोड ५ लाख ८ हजार ४ सय ६० मत गणना हुँदा रास्वपाले सबैभन्दा बढी ५० लाख ३७ हजार ८ सय ७९ मत ल्याएको छ । यो अहिलेसम्म गणना भएको मतको ४८ प्रतिशत हो । त्यस्तै नेपाली कांग्रेसले १७ लाख ६ हजार ९ सय ९७, नेकपा एमालेले १४ लाख २३ हजार ९ सय ५८ र नेकपाले ७ लाख ७५ हजार ८ सय ९२ मत पाएको छ ।

श्रम संस्कृति पार्टीले ३ लाख ६५ हजार २१ , राप्रपाले ३ लाख २६ हजार ४ सय ४१ मत पाउँदा जनता समाजवादी पार्टीले १ लाख ७२ हजार ९ सय ८१ मत पाएको छ । पहिलोपटक संसदीय निर्वाचन लडिरहेको श्रम संस्कृति पार्टी राष्ट्रिय दल बन्ने भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.