प्रदूषणको मारमा देशका प्रमुख सहरहरू

फाल्गुन २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रदूषणको मारमा देशका प्रमुख सहरहरू

काठमाडौँ । नेपालका प्रमुख सहरहरूमा वायु प्रदूषणको स्तर अत्यधिक बढेको छ । धनगढी, विराटनगर, पाटन, काठमाडौँ, भक्तपुर लगायतका सहरको वायु अस्वथकर सूचीमा पुगेको हो ।

आज धनगढी सबैभन्दा प्रदूषित सहरको सूचीमा छ । धनगढीमा हावाको गुणस्तर २ सय २९ एक्यूआई मापन गरिएको छ । विराटनगर दोस्रो प्रदूषित सहरको सूचीमा छ । जहाँको एक्यूआई २ सय २ पुगेको छ भने काठमाडौँको १ सय ९० छ ।

प्रदूषणका कारण भिजिबिलिटी कम हुँदा हवाई उडानसमेत सामान्य प्रभाव बनेको छ । हावामा धुलोका कण र विषाक्त धुँवाको मात्रा बढ्दा आँखा पोल्ने र श्वासप्रश्वासमा असहज हुने समस्या भएको छ ।

लामो समयदेखि हिउँदे वर्षा नभएको र देशका विभिन्न भागमा लागेको डढेलोको धुवाँ काठमाडौँ उपत्यकामा भित्रिएका कारण प्रदूषण हृवात्तै बढेको मौसमविद्हरूले बताएका छन् । विशेषगरी बालबालिका, वृद्धवृद्धा र श्वासप्रश्वाससम्बन्धी दीर्घरोगीहरूलाई घरबाहिर ननिस्कन र निस्कनै परे अनिवार्यरूपमा गुणस्तरीय मास्कको प्रयोग गर्न स्वास्थ्य विज्ञहरूले सुझाव दिएका छन् । 

तत्काल ठूलो वर्षा हुने वा तीव्र हावा चल्ने सम्भावना कम रहेकाले आगामी केही दिनसम्म प्रदूषणको यो अवस्था कायमै रहन सक्ने अनुमान गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.