समानुपातिकतर्फको मतगणना जारी

फाल्गुन २५, २०८२ |रासस
समानुपातिकतर्फको मतगणना जारी

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी छ । 

अपराह्न ३ बजेसम्म ९० लाख ८४ हजार मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ४३ लाख ९० हजार ३५ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले १४ लाख ७० हजार ७९६, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले १२ लाख ३१ हजार ७ सय ८९, नेपाली कम्युनिष्ट पार्टीले ६ लाख ५६ हजार ९४१, श्रम संस्कृति पार्टीले तीन लाख १३ हजार ४८९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ९४ हजार ३ सय ५५ मत प्राप्त गरेका छन् ।

निर्वाचन आयोगको मतगणना प्रबिष्ट प्रणालीका अनुसार जनता समाजवादी पार्टी नेपालले एक लाख ४० हजार २३७, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ३७ हजार २४५, जनमत पार्टीले ६२ हजार ४ सय ६० र राष्ट्रिय मुक्ति पार्टी नेपाल-जनता समाजवादी पार्टी-नागरिक उन्मुक्ति पार्टीले ५० हजार ५१ मत प्राप्त गरेको छ ।

पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ १ सय ६४ क्षेत्रको मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका १ सय २४ उम्मेदवार विजयी भइसकेका छन् । कांग्रेस १७, एमाले सात, नेपाली कम्युनिष्ट पार्टी सात, श्रम संस्कृति पार्टी तीन, राष्ट्रिय प्रजातन्त्र पार्टी एक र स्वतन्त्र उम्मेदवार एक स्थानमा विजयी भएका छन् ।

जारी मतगणनामा रास्वपा, कांग्रेस र एमालेले एक-एक क्षेत्रमा अगाडि रहेका छन् । गोरखा क्षेत्र नं १ मा रास्वपा, इलाम क्षेत्र नं १ मा कांग्रेस र सङ्खुवासभा क्षेत्र नं १ मा एमाले उम्मेदवार अगाडि छन् ।