
काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले निर्वाचनमा १४ लाख १७ हजार रूपैयाँ खर्च गर्नुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेतासमेत रहेका शाहले निर्वाचन आयोगमा बुझाएको विवरण अनुसार निर्वाचन प्रचार, सवारी भाडा, प्रचार सामग्री छपाइ तथा घरदैलो कार्यक्रमलगायतमा १४ लाख १७ हजार २ सय ८९ रूपैयाँ खर्च भएको उल्लेख छ ।
निर्वाचन ऐन २०७४ को दफा ७२ मा उम्मेदवारले चुनावी खर्च सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । यस्तै आयोगले उम्मेदवारको निर्वाचन खर्च पारदर्शी बनाउन चुनावी प्रयोजनका लागि छुट्टै बैंक खाता खोल्न सबै दल तथा उम्मेदवारलाई निर्देशन पनि दिएको थियो ।
जसअनुसार अधिकांश दर उम्मेदवारले छुट्टै बैंक खाता खोलेर चुनावी खर्च गरेका थिए । केही दल र उम्मेदवारले भने आयोगको निर्देशन पालना गरेका छैनन् ।
