प्यूठानमा कांग्रेसका गोविन्दराज पोख्रेलको अग्रता कायमै

फाल्गुन २२, २०८२ |शमशेरविक्रम जीसी
प्यूठानमा कांग्रेसका गोविन्दराज पोख्रेलको अग्रता कायमै

प्यूठान । प्यूठानको प्रारम्भिक मत परिणामअनुसार नेपाली कांग्रेसका डा. गोविन्दराज पोख्रेलले अग्रता बनाउनुभएकाे छ । 

७ हजार ७ सय १९ मत गणना हुँदा कांग्रेसका पोख्रेलले २ हजार ९ सय ३३ मत ल्याएर अग्रता बनाउनुभएकाे छ । उहाँलाई रास्वपाका उमेदवार शुसान्त बैदिकले २ हजार २सय ४७ मत ल्याउनुभएकाे छ । नेकपाका कृष्णध्वज खडकाको ५ सय ६१, राष्ट्रिय जनमोर्चाका तिलक बहादुर जिसीको ६ सय ९८, नेकपा (एमाले)का सूर्य बहादुर थापाको ८ सय १४ मत प्राप्त गरेका छन्।

ऐरावती गाउँपालिकाको मत गणना सकिएको छ । हाल गौमुखी गाउँपालिकाको मत गणनाको काम सुरू भएको छ ।


Image

शमशेरविक्रम जीसी

जीसी कान्तिपुर टेलिभिजनका प्युठान संवाददाता हुन् ।