
जुम्ला । जुम्लामा राप्रपाका ज्ञानबहादुर शाही दाेब्बर मतसहित अगाडि हुनुहुन्छ ।
३ हजार ९ सय ६३ मत गन्दा उहाँले २ हजार १ सय २ मत पाउनुभएकाे छ । उहाँका निकटतम प्रतिद्वन्दी नेकपाका नरेश भण्डारीले ९ सय ७२ मत प्राप्त गर्नुभएकाे छ । शाही भण्डारी भन्दा १ हजार १ सय ३० मतले अगाडि हुनुहुन्छ । यसैगरी नेपाली कांग्रेसका दीपबहादुर शाहीले ४ सय ९६, एमालेका शान्तिलाल महतले २ सय १२,रास्वपाकी विनिता कठायतले २९, नेमकिपाका बिर्खबहादुर रावतले २८ मत पाएका छन् ।
यसैगरी नेपाल जनता पार्टीका रनिल बिक्रम शाहीले २, प्रलाेपाका मनऋषि धितालले ३, नेकपा माओवादीका बिर्खबहादुर शाहीले १ र स्वतन्त्र उम्मेदवार भक्तबहादुर रावलले १ मत प्राप्त गरेका छन् ।