कर्णाली प्रदेश सभा सदस्य राजकुमार शर्मा पदमुक्त (सूचनासहित)

फाल्गुन १३, २०८२ |देव राना
कर्णाली प्रदेश सभा सदस्य राजकुमार शर्मा पदमुक्त (सूचनासहित)

सुर्खेत । कर्णाली प्रदेश सरकारका पूर्व मुख्यमन्त्री एवं कर्णाली प्रदेश सभा सदस्य राजकुमार शर्मा पदमुक्त हुनुभएकाे छ । 

कर्णाली प्रदेश सभा सचिवालयले बुधबार सूचना जारी गर्दै शर्मा पदमुक्त भएको जनाएको हाे । जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीतिर लागेको भन्दै गएको माघ २८ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सभा संसदीय दलले शर्मालाई पार्टीको साधारण सदस्यता समेत नरहने गरी कारबाही गरेको थियो ।

राजनीतिक दलसम्बन्धी ऐनले कुनै सदस्यलाई पार्टीले कारबाही गरेको लिखित पत्र प्राप्त भएको १५ दिनभित्र सभामुख वा अध्यक्षले सभालाई जानकारी दिनुपर्ने प्रावधान छ । तर, हाल कर्णाली प्रदेश सभा अनिश्चित कालका लागि स्थगित भएका कारण राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ को उपदफा १ बमोजिम सूचना टाँस गरेर शर्मा पदमुक्त भएको जानकारी गराएको प्रदेश सभा सचिव जीवराज बुढाथोकीले जानकारी दिनुभयाे ।

२०७४ सालको प्रदेश सभा सदस्य निर्वाचनमा शर्मा रूकुमपश्चिम प्रदेश सभा 'ख'बाट निर्वाचित हुनुभएकाे थियाे । शर्मा पदमुक्त भएसँगै कर्णालीमा नेकपाका प्रदेश सभा सदस्यहरूको संख्या १२ मा झरेकाेछ ।


Image

देव राना

राना कान्तिपुर टेलिभिजन सुर्खेतका क्यामेरा पर्सन हुन् ।