दोलखाकाे उच्च भेगमा हिमपात, तल्लो क्षेत्रमा असिना पानी

फाल्गुन १२, २०८२ |केदार शिवाकोटी
दोलखाकाे उच्च भेगमा हिमपात, तल्लो क्षेत्रमा असिना पानी

दोलखा । दोलखाको उच्च हिमाली भेगमा हिमपात भएको छ भने तल्लो क्षेत्रमा असिनासहित वर्षा भएको छ । 

मंगलबार दिउँसोबाट जिल्लाको कालिञ्चोक, शैलुङ, चेर्दुङ, बेदिङ, लप्चीलगायतको उच्च हिमाली क्षेत्रमा हिमपात भैरहेको छ । यस्तै चरिकोटसहित तल्लो क्षेत्रमा असिनासहित वर्षा भैरहेको छ । हिउँदे वर्षा र हिमपातका कारण मकै छर्न ठिक्क परेका तल्लो क्षेत्रका किसानले राहतको महसुस गरेका छन् । 

यस्तै माथिल्लो क्षेत्रमा हिमपातले आलु रोपिसकेका किसान बारीमा चिस्यान पुग्ने भन्दै खुसी भएका छन्। यस्तै, शैलुङ र कालिञ्चोकमा हिमपात भएका कारण आन्तरिक पर्यटकको चहलपहल बढने भन्दै होटल व्यवसायी उत्साहित बनेका छन् ।


Image

केदार शिवाकोटी

शिवाकोटी कान्तिपुर टेलिभिजनका दोलखा संवाददाता हुन् ।