
काठमाडौं । काठमाडौंको वसन्तपुरमा तीन तले चीर ठड्याइएको छ ।
चीर ठड्याएपछि देशभर फागु पर्व सुरू भएको मानिन्छ । मंगलबार साइतमा मानन्धर समुदायले रङ्गीचङ्गी ध्वजासहितको चीर ठड्याएर एकअर्कालाई अबीर दलेर होली पर्व सुरू भएको जनाउ दिएका हुन् । मंगलबारनै पशुपति, ललितपुरको कृष्णमन्दिर प्राङ्गणमा पनि चीर ठड्याएर होली सुरू भएको जनाउ दिने गरिन्छ ।
यस वर्षको होली पर्वको मुख्य दिन फागुन १८ र १९ गते परेको छ । १८ गते हिमाली तथा पहाडी जिल्लामा र १९ गते तराई जिल्लामा होलीका लागि सार्वजनिक बिदा दिइएको छ ।