धादिङमा भएको बस दुर्घटनाबारे छानबिन समिति गठन गर्ने सरकारकाे निर्णय

फाल्गुन ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
धादिङमा भएको बस दुर्घटनाबारे छानबिन समिति गठन गर्ने सरकारकाे निर्णय

काठमाडौं । सरकारले धादिङमा भएको बस दुर्घटनाबारे छानबिन गर्न समिति गठन गर्ने भएको छ ।

बस दुघर्टनापछि गृह मन्त्रालयमा बसेको सरोकारवालाको बैठकमा छानबिन समिति गठन गर्ने सहमति भएको हो । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकमा गृहसचिव, भौतिक तथा यातायात पूर्वाधार सचिव, सडक विभागका महानिर्देशक, सुरक्षा निकायका प्रमुखहरू, यातायात व्यवसायी महासंघ र मजदुर संघका प्रतिनिधिको सहभागिता थियो ।

बैठकले घाइतेहरूको उद्धार, दोषीलाई कारबाही गर्ने र समिति गठन गर्ने निर्णयसहित राहतका विषयमा पनि छलफल गरेको गृह मन्त्रालयकी सूचना अधिकारी रमा आचार्य सुवेदीले जानकारी दिनुभयो । पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको बस साेमबार बिहान बेनिघाट रोराङ गाउँपालिका-५ भैंसीगौंडामा दुर्घटनामा परेको थियो ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी प्रकाश दाहालका अनुसार दुर्घटनामा एक जना बेलायती नागरिकसहित १९ जनाको मृत्यु भएको छ । घाइतेहरूको उपचार भइरहको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.