ललितपुर- १ मा उदय शमशेर राणाको घरदैलो (तस्बिरसहित)

फाल्गुन ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
ललितपुर- १ मा उदय शमशेर राणाको घरदैलो (तस्बिरसहित)

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री एवं पूर्व अर्थराज्यमन्त्री उदय शमशेर राणाले ललितपुर क्षेत्र नम्बर १ मा आफ्नो चुनावी घरदैलो अभियानलाई तीव्र बनाउनुभएको छ। 

यसै क्रममा शनिबार गोदावरी नगरपालिका वडा नम्बर १ गोदामचौरमा आयोजित घरदैलो कार्यक्रममा स्थानीय मतदाताहरूको सहभागिता रहेको थियो। गोदामचौरबासीले नेता राणालाई टीका र माला लगाएर भव्य स्वागत गरेका थिए। ललितपुर-१ मा केन्द्रीय स्तरकै सबैभन्दा प्रभावशाली र 'हेभीवेट' उम्मेदवारका रूपमा हेरिएका राणाको पक्षमा यतिबेला जनलहर बढ्दो देखिएको छ। 

अमेरिकाबाट उच्च शिक्षा हासिल गर्नुभएका राणालाई भ्रष्टाचार विरोधी अभियान र सुशासनको पर्यायवाचीका रूपमा स्थानीयले चित्रण गर्ने गरेका छन्। स्वच्छ छवि, नीतिगत स्पष्टता र सेवामूलक राजनीतिको प्रतीक मानिने उहाँको उम्मेदवारीले विकास, पूर्वाधार, शिक्षा, स्वास्थ्य र शान्तिको क्षेत्रमा ठोस परिवर्तन आउने विश्वास मतदातामा पलाएको छ।

राजनीतिक रूपमा पनि यो क्षेत्रमा नेपाली कांग्रेसको पकड निकै बलियो छ। यस क्षेत्रका ३० मध्ये २२ वटा वडा कांग्रेसले जितेको छ । चारवटै स्थानीय तहमा पनि कांग्रेसकै पकड छ। बलियो संगठन र राणाको व्यक्तिगत छवि तथा विकासप्रेमी कार्यशैलीका कारण यसपटक उहाँको जित सुनिश्चित रहेको स्थानीयहरू बताउँछन्। 

आफ्नो क्षेत्रको प्रतिनिधित्व केन्द्रमा सशक्त ढंगले गर्न सक्ने र सुशासन कायम गर्न सक्ने क्षमता भएकै कारण युवादेखि वृद्धवृद्धासम्मले राणालाई आगामी नेतृत्वको रूपमा स्वीकारेका छन्।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.