
लुम्बिनी । प्रधानमन्त्री सुशीला कार्कीले शनिबार लुम्बिनीस्थित मायादेवी मन्दिरका साथै थाइल्यान्ड सरकारले निर्माण गरेको गुम्बा, सङ्ग्रहालय, बज्रयान मन्दिर र विश्वशान्ति स्तुपाको अवलोकन गर्नुभएको छ ।
निर्वाचनको तयारीबारे सम्बद्ध निकायहरूसँग जानकारी लिने सिलसिलामा रूपन्देहीको भ्रमणपछि प्रधानमन्त्री लुम्बिनी आउनुभएको हो । प्रधानमन्त्रीलाई लुम्बिनी विकास कोषका सदस्य–सचिव दीपक श्रेष्ठलगायत पदाधिकारीले स्वागत गर्दै लुम्बिनीको गुरूयोजना र कोषका गतिविधिबारे जानकारी गराउनुभएको थियो ।