सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न

फाल्गुन ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न

काठमाडौं । सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा प्रतिनिधि सभा निर्वाचनको मतपत्र ढुवानीको काम सम्पन्न भएको छ ।

शुक्रबार निर्वाचन आयोगले नियमित पत्रकार सम्मेलनमार्फत सो जानकारी गराएको हो । बाँकि रहेका चारवटा प्रदेशहरूमा पनि दुई दिनभित्र सकिने गरी मतपत्र ढुवानीको काम भइरहेको आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसले बताउनु भयो । 

निर्वाचन आयोगले सबै जिल्लाहरूमा निर्वाचन सामग्रसहित मतपत्र ढुवानीको कामलाई तिव्रता दिएको हो । तोकिएको समय तालिकाभित्र सबै कामहरू सम्पन्न गर्नेगरी मतपत्र ढुवानीको काम पनि भइरहेको आयोगले जनाएको छ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ २ करोड ३ लाख २३ हजार र समानुपातिकतर्फ २ करोड ८ लाख ३० हजार मत पत्र छपाइ गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.