
धनुषा । नागरिक लगानी कोषले मधेश प्रदेशको राजधानी जनकपुरधाममा पनि आफ्नो शाखा विस्तार गरेको छ ।
सदस्यहरूलाई छिटो-छरितो सेवा दिन र वित्तीय पहुँच बढाउनका लागि काठमाडौंको बानेश्वरमा केन्द्रीय कार्यालय रहेको कोषले छैठौं शाखाको रूपमा हालै जनकपुरमा पनि शाखा विस्तार गरेको हो । संघीय व्यवस्था अनुरूप खाता खोल्ने, रकम जम्मा गर्ने, सापटी लिनेलगायतका सुविधाहरू उपलब्ध भएपछि सदस्यहरू निकै खुसी भएका छन् ।
नागरिक लगानी कोषले यसअघिनै गण्डकी प्रदेशको पोखरा, कर्णालीको सुर्खेत, लुम्बिनीको बुटवल, सुदूरपश्चिमको अत्तरिया र कोशीको विराटनगरमा शाखा विस्तार गरिसकेको छ । देश संघीय संरचनामा गइसकेकाले शाखा कार्यालयहरूलाई प्रादेशिक कार्यालयको मान्यता दिनुपर्ने कोषका कर्मचारीहरूको माग छ ।