निर्वाचन नहुने संशय हट्यो : अर्थमन्त्री खनाल

फाल्गुन ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
निर्वाचन नहुने संशय हट्यो : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले फागुन २१ मा चुनाव हुँदैन कि भन्ने संशय हटेको बताउनुभएको छ ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा चुनाव गराउन बनेको सरकारलाई सुरूवाती दिनहरूमा अनेकौँ चुनौतीहरू आइपरे पनि निरन्तरको संवाद र दलहरूसँगको सहकार्यपछि मुलुकमा निर्वाचन हुने बाटो बनेको बताउनुभएको हो । 

उहाँकाअनुसार यो सरकार बनेको ५-६ हप्तासम्म निर्वाचन हुने हो कि भन्ने आशंका आम मानिससँगै राजनीति वृत्तमा रहे पनि अहिले हटेर गएको छ । मुलुकलाई निर्वाचनमा लैजान अन्तरिम सरकारले कतिपय बजेटमा आएका विषयवस्तुलाई कार्यान्वयनमा नलगेको पनि प्रष्ट पार्नुभयो ।

अर्थमन्त्री खनालले दिगो पर्यटन विकास गर्न जरूरी रहेको समेत बताउनु भयो । खनालकाअनुसार भ्रष्टाचार न्यूनीकरण र सुशासन कायम गर्ने जिम्मेबारी यो सरकारलाई भएकोमा कतिपय कुरामा सफलता प्राप्त भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.