समाजमा विद्यमान विभेद र बहिष्करण अन्त्य गर्नुपर्नेमा मानव अधिकार आयोगको जोड

फाल्गुन ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
समाजमा विद्यमान विभेद र बहिष्करण अन्त्य गर्नुपर्नेमा मानव अधिकार आयोगको जोड

काठमाडौं । मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले समाजमा विद्यमान विभेद र बहिष्करण अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ ।

शुक्रबार राष्ट्रिय समावेशी आयोग दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समावेशिताको सवालमा अझै पनि समाजमा संरचनागत विभेद कायमै रहेको बताउनु भयो । समावेशी लोकतन्त्र सुदृढ बनाउन सबै नागरिकले आफ्नो अधिकार सुनिश्चित गर्न सक्नुपर्ने भन्दै अध्यक्ष मगरले यसको लागि समावेशी आयोगले भूमिका खेल्नुपर्ने बताउनु भयो । 

उहाँले समावेशिताको विषयमा सार्वजनिक बहस आवश्यक रहेको पनि उल्लेख गर्नुभयो । उहाँले संविधान जारी भएपछिको निर्वाचनको तथ्यांक प्रस्तुत गर्दै विगतको तुलनामा समावेशिता मजबुत हुँदै गएको बताउनु भयो । यद्यपि, पूर्ण समावेशी राज्य संरचना बनिनसकेको उहाँको भनाइ छ ।

उहाँले उक्त संख्या पूर्णरूपमा सन्तोषजनक नभए पनि समावेशिताको क्षेत्रमा केही सुधार भएको देखिएको बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.