.png&w=1000&height=550)
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनका लागि १३ दिन बाँकी रहेको छ ।
यसबीचमा दलहरूले चुनावी गतिविधि बढाएका छन् भने निर्वाचन आयोगले आफ्नो तयारी अन्तिम चरणमा पुर्याएको छ । निर्वाचन आयोगले निर्धारण गरेको फागुन ४ देखि १८ सम्मको प्रचार अवधिलाई व्यापक उपयोग गर्ने रणनीति दल तथा उम्मेदवारले लिएका छन्।
प्रचारका लागि तोकिएको १५ दिनमा जुलुस, आम सभा, कोण सभा, सञ्चारमाध्यमबाट प्रचार-प्रसार गर्न आचारसंहिताले छुट दिएको छ। त्यहीकारण पनि दलहरूले चुनावी गतिविधि तिव्र पारेका छन् । नेपाली कांग्रेस र एमालेका उम्मेदवारहरूले घरदैलोलाई तिव्रता दिएका छन् भने रास्वपाले हरेक दिन जस्तो चुनावी सभा गरिरहेको छ । शुक्रबार रास्वपाले दाङको घोराहीमा लुम्बिनी प्रदेशस्तरीय सभा गर्दैछ ।
मतदानको दिन नजिकिएसँगै सरकारले पनि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सुरक्षा व्यवस्था चुस्त बनाएको छ ।