प्रजातन्त्र दिवस मनाइँदै

फाल्गुन ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रजातन्त्र दिवस मनाइँदै

काठमाडौै‌ ।  आज प्रजातन्त्र दिवस मनाइँदै छ। विसं २००७ फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रत्येक वर्ष फागुन ७ गते विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइन्छ ।

यसपालि तीन दिनसम्म विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाउन सरकारले आह्वान गरेको छ भने आज देशभर सार्वजनिक बिदासमेत दिइएको छ। प्रजातन्त्र दिवसका दिन सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरिएको छ। समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्री लगायत सरकारका उच्च पदस्थहरूको सहभागी हुनेछ। 

फागुन ७ गतेकै जगमा टेकेर वि.सं २०४६ चैत २६ गते प्रजातन्त्र पुनर्स्थापना भएको थियो भने वि।सं २०६३ वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको थियो।

यसै पृष्ठभूमिमा विसं २०६५ जेठ १५ गते पहिलो संविधानसभाले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित गरेको छ । दोस्रो संविधानसभाले विसं २०७२ असोज ३ गते संविधान जारी भएको थिए।

प्रजातन्त्र दिवसकै अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबाट शुभकामना व्यक्त गर्नु भएको छ ।

आजै कान्तिपुर मिडिया ग्रुपको प्रमुख प्रकाशन कान्तिपुर दैनिक ३३ वर्ष पुरा गरि ३४औं वर्षमा प्रवेश गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.