सब-इन्जनियिर यादवको हत्यारालाई पकाउ गरी कडा कारबाहीको माग

फाल्गुन ६, २०८२ |अनिल मिश्र
सब-इन्जनियिर यादवको हत्यारालाई पकाउ गरी कडा कारबाहीको माग

धुनषा । मधेश प्रदेशको सरकारले पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत सब-इन्जनियिर प्रमोदकुमार यादवको हत्यारालाई अविलम्ब पकाउ गरी कडा कारबाहीको स्थानीय प्रशासनसँग माग गरेका छन् ।

मधेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री राजकुमार गुप्तालाई ज्ञापनपत्र बुझाउन गएका कर्मचारीहरूले कारबाही माग गरेका हुन् । मन्त्री गुप्ताले पीडित परिवारलाई आफ्नो १५ दिन बराबरको तलब सहयोगको घोषणा गर्दै अपराधीलाई कारबाही गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।