सुदूरपश्चिमका मतदातामाझ बालेन्द्र भन्नुभयाे- भोट नदिए पनि हुन्छ, कामको लिस्ट दिनुस्

फाल्गुन ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
सुदूरपश्चिमका मतदातामाझ बालेन्द्र भन्नुभयाे- भोट नदिए पनि हुन्छ, कामको लिस्ट दिनुस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले आफ्नो पार्टीले जनताको काम गरेर देखाउने बताउनुभएको छ ।

बुधबार धनगढीमा आयोजित पार्टीको चुनावी सभामा बोल्दै उहाँले सो दाबी गर्नुभएको हो । वरिष्ठ नेता शाहले आफूहरू भोट माग्न नभइ जनतासँग काम माग्नका लागि आएको जिकिर समेत गर्नुभयो । उहाँले आफ्नो पार्टीले सुदूरपश्चिमलाई बनाउने आश्वासन समेत दिनुभयो । 

राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट नदिए पनि कामको लिस्ट दिए हुने वरिष्ठ नेता शाहको भनाइ थियो । उहाँले भन्नुभयो,‘तपाईंहरूलाई यहाँ आएर भेट्न पाइयो । धेरै खुसी लाग्यो । म धेरै बोल्ने मान्छे होइन ।। राष्ट्रिय स्वतन्त्र पार्टी तपाईंहरूसँग भोट माग्न आएको होइन, काम माग्न आएकाे हो । काम दिनुस् है । तपाईंहरूले भोट दिनु भएन भने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिम बनाउँछ । काम माग्न आएको हो । के-के काम छ, हाम्रा उम्मेदवारहरूलाई हाम्रा पार्टीका मान्छेहरूलाई हाम्रो काम यो हो भनेर लिस्ट दिनुस् । भोट नदिए पनि हुन्छ बरू, कामको लिस्ट दिनू । काम गरेर देखाउँछ राष्ट्रिय स्वतन्त्र पार्टीले । हामी काम गरेर देखाउँछौँ ।’

वरिष्ठ नेता शाहले गरिबको पक्षमा आफूहरूले काम गर्ने समेत बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.