‘सार्वजनिक पदमा बसेकाहरूले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने संकल्पमा विचलित हुन मिल्दैन’

माघ २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
‘सार्वजनिक पदमा बसेकाहरूले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने संकल्पमा विचलित हुन मिल्दैन’

काठमाडौं । मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले भ्रष्टाचार मुक्त समाज निर्माण गर्ने संकल्पमा कहिल्यै पनि विचलित हुनु नहुने बताउनुभएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसको अवसर पारेर बुधबार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । प्रदेश प्रमुख कर्णले मुलुकलाई भ्रष्टाचार मुक्त बनाउनका लागि सार्वजनिक पद धारण गरेकाहरूले आफ्नो पदलाई केबल सेवाभावले मात्रै बुझन आवश्यक रहेको समेत बताउनु भयो । 

उहाँले जनप्रतिनिधिहरू वा सरकारी कर्मचारीहरूले पदीय मर्यादामा रहँदा जन-सेवाको कामलाई आत्मासात गरेर अघि बढे भ्रष्टाचारको जरो आफैं उखेलिने समेत स्पष्ट पार्नुभयो । प्रदेश प्रमुख कर्णले पद र शक्तिको मोहमा परेर आफ्नो मर्यादाबाट विमुख हुने छुट कसैलाई पनि नभएको बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.