.png&w=1000&height=550)
काठमाडौं । सल्यानमा मतदाता शिक्षा अनुगमनकर्ताहरूलाई एकदिने अभिमुखीकरण तालिम दिइएको छ ।
आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित बनाउन मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन जिल्ला निर्वाचन कार्यालय सल्यानले मतदाता शिक्षा अनुगमकर्ताहरूलाई एक दिने अभिमुखीकरण तालिम प्रदान गरेको हो ।
धनकुटामा मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालनका लागि सात जना मतदाता शिक्षा अनुगमनकर्ता र ६० जना स्वयमसेवक नियूक्त भएका छन् । धनकुटाका सातवटै स्थानीयतहमा निर्वाचन सम्पर्क व्यक्ति तोकेर मतदाता शिक्षा अनुगमनकर्ताको जिम्मेवारी दिइएको हो ।