
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद घनश्याम रिजालले प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै जाँदा बजारमा काला बजारीहरू सक्रिय भएको आरोप लगाउनुभएको छ ।
बुधबार बसेको राष्ट्रिय सभाको वैठकमा शुन्य समयमा बोल्दै उहाँले दैनिक उपभोग्य वस्तुमा कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गराएर सर्वसाधारणलाई सास्ती दिन थालिएको बताउनुभयो । चुनावी समयमा आपूर्ति प्रणाली अस्थिर पार्ने र अनावश्यक नाफा कमाउने उद्देश्यले केही व्यवसायीले कृतिम अभाव देखाएको उहाँको आरोप छ ।
उहाँले भन्नुभयो, ‘चुनाव नजिँकिदै जाँदा कालाबजारीहरूले दैनिक उपभोग्य वस्तुको कृतिम अभाव देखाइ मुल्यवृद्धि गराएर जनतालाई दुःख दिने कार्य सुरू भएको छ । बजार अनुगमन गरी दोषीलाई कारबाही गर्न सरकारलाई आग्रह गर्दछु ।’
उहाँले बजार अनुगमन गरेर दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।