‘भोट माग्न मात्र होइन, समस्या सुन्न पनि आऊ’ - डुडुवा गाउँपालिकाका मतदाताको सन्देश

माघ २८, २०८२ |रेजिना मल्ल
‘भोट माग्न मात्र होइन, समस्या सुन्न पनि आऊ’ - डुडुवा गाउँपालिकाका मतदाताको सन्देश

बाँके । प्रतिनिधि सभाको निर्वाचन नजिकिएसँगै देशैभर दलहरूको गतिविधि बढेको छ । 

उम्मेदवारहरू मतदातालाई रिझाउन अनेक प्रयासमा छन् । पश्चिम नेपालका मतदाता भने नेताहरूको स्वभाव र शैली नबदलिएसम्म रूपान्तरण सम्भव नभएको बताउँछन् । चुनाव नजिकिँदै गर्दा बाँकेको डुडुवा गाउँपालिकामा मतदाताले नेताको व्यवहार र चुनावपछि देखिने बेवास्ताप्रति असन्तुष्टि जनाएका छन्।

बाँकेको डुडुवा गाउँपालिकाका स्थानीयवासी चुनावको बेला मात्र देखिने नेताहरूको प्रवृत्तिबाट दिक्क छन् । चुनाव आउँदा उम्मेदवारहरू हात जोड्दै नमस्ते गरेर भोट माग्न आउने तर जितेपछि जनताको समस्या सुन्न नआउने गुनासो गर्छन् । स्थानीय मतदाता विकासका ठूल्ठूला आश्वासन भन्दा व्यवहारिक योजना र निरन्तर जनसम्पर्क चाहिएको बताउँछन्। 

उनीहरू जनताका समस्या नजिकबाट बुझ्ने, भाषणमा नभइ काममा विश्वास गर्ने नेतृत्व खोजिरहेका छन् । डुडुवामा मात्र होइन, देशभर नै यस्तै आवाज उठिरहेका छन्। चुनावी नाराभन्दा कार्यान्वयन र जवाफदेहीतालाई प्राथमिकता दिनुपर्ने मतदाताको भनाइ छ।


Image

रेजिना मल्ल

मल्ल कान्तिपुर टेलिभिजन बर्दियाकी क्यामेरा पर्सन हुन् ।