
दाङ । फागुन २१ गते प्रतिनिधि सभा चुनावका लागि लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले निर्वाचन सामग्री निर्वाचन क्षेत्रमा पठाउन सुरू गरेको छ ।
निर्वाचन कार्यालयले मतदानका दिन आवश्यक पर्ने मतपेटिकाहरू मंगलबार दाङका तीनवटै निर्वाचन क्षेत्रमा पठाएको निर्वाचन कार्यालयका सुचना अधिकारी गेहेन्द्र कवरले जानकारी दिनुभयो । कार्यालयकाअनुसार दाङको क्षेत्र नम्बर १ मा ५८५ क्षेत्र नम्बर दुईका लागि ६ सय र क्षेत्र नम्बर ३ का लागि ६ सय मतपेटिका पठाइएको छ ।
निर्वाचन कार्यालयले नयाँ मतपेटिका नल्याइ यसअघिका निर्वाचनमा प्रयोग भएका मतपेटिकाहरूलाई नै प्रयोगमा ल्याएको हो । निर्वाचन कार्यालयले अन्य निर्वाचन सामग्रीहरू पनि अबको केही दिनमा निर्वाचन क्षेत्रहरूमा पठाउने बताएको छ ।