छथरको जातीय-सांस्कृतिक विविधतामाथि चाङलुङ गुफामा प्राज्ञिक गोष्ठी सुरू

माघ २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
छथरको जातीय-सांस्कृतिक विविधतामाथि चाङलुङ गुफामा प्राज्ञिक गोष्ठी सुरू

धनकुटा । धनकुटाको छथर क्षेत्रको जातीय, सांस्कृतिक विविधता तथा साहित्यिक-सामाजिक सहअस्तित्वका विषयमा प्राज्ञिक विचार गोष्ठी सुरू भएको छ।

छथर साहित्य समाजको आयोजना, नेपाल प्रज्ञा प्रतिष्ठानको सामाजिक-सांस्कृतिक विभागको सहकार्य तेह्रथुमको चाङलुङ गुफामा कार्यक्रम सञ्चालन गरिएको हो। तेह्रथुमको सुदापस्थित ऐतिहासिक चाङलुङ गुफामा यसका लागि विभिन्न जिल्लाबाट कवि, साहित्यकार, संस्कृतिकर्मी र अनुसन्धानकर्ताहरूको सहभागी छन्। 

सहभागीहरू आ-आफ्नो जातीय तथा सांस्कृतिक भेषभूषामा उपस्थित भई सांस्कृतिक पहिचान र सहअस्तित्वका विषयमा धारणा राखिरहेका छन्। भेला मंगलबार मार्गा पोखरीमा ६ बुँदे घोषणा पत्र जारी गर्दै सकिनेछ। घोषणा पत्रमार्फत स्थानीय संस्कृति संरक्षण, प्रवर्द्धन र साहित्यिक गतिविधि विस्तारका प्रतिबद्धता सार्वजनिक गर्ने तयारी छ। 

ऐतिहासिक गुफास्थलमा आयोजित यो भेला छथरको सांस्कृतिक पहिचान उजागर गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.